
काठमाण्डु, १६ माघ- ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।भने भने ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ट्याक्सीमा सवार सुनसरीका सरोज कुमार विक र कारमा सवार प्रकाश आचार्य रहेका छन। ग्वार्कोस्थित बि एण्ड बि अस्पताल नजिकै आइतबार राति कार र ट्याक्सी आपसमा ठोक्किँदा घाइते भएका आठजनामध्ये दुई जनाको मृत्यु भएको बतायका छन।
ग्वार्कोबाट सातदोबाटोतर्फ आउँदै गरेको बा २ ज ३४२० नम्बरको ट्याक्सी र विपरीत दिशाबाट जाँदै गरेको बा ४ च १ नम्बरको कार आइतबार मध्यराति साढे १२ बजे आपसमा ठोकिएको थियो ।
दुर्घटनामा ट्याक्सीमा सवार ६ जना र कारमा सवार दुईजना गरी आठजना घाईते भएका थिए । दुर्घटनामा घाईते मध्य दुई जानाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बतायको । भने ६ जनाको बि एण्ड बि अस्पताल उपचार भइरहेको छ । घाइतेमध्ये कार चालक झापाको विर्तामोडका ३५ वर्षीय वीरबहादुर विकको अवस्था भने गम्भीर छ।