
काठमाण्डु,१६ माघ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई भेटन मेयर साहले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । पछिल्लो समय मेयर साहविरुद्धको जनमत बढ्न थालेको छ ।
आइतबार मात्रै काठमाण्डुमा उनीविरुद्ध आन्दोलन भएको थियो । गरीबको उठिबास लगाउन खोजेको, सम्पदा मास्न खोजेको आरोप बालेनमाथि छ । महानगरले मनपरिरुपमा डोजर चलाउन थालेपछि विरोध हुन थालेको हो ।