बाबुले आगोले जलाएका बालकको मृत्यु

काठमाण्डु टुडे २०७९ माघ १६ गते ८:१८ मा प्रकाशित

बाँके , १६ माघ– बाबुले आगो लगाउँदा गम्भीर घाइते भएका बाँके कोहलपुर नगरपालिका–२ का बालक प्रिन्स विकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले प्रिन्सको उपचारका क्रममा गएराति मृत्यु भएको जानकारी दिए । प्रिन्स र उनकी आमा ३० वर्षीया गंगा विकलाई बाबु भानुभक्त विकले आइतबार पेट्रोल खन्याएर आगो लगाएका थिए ।

गम्भीर घाइते आमाछोरालाई नै उपचारका लागि अस्पताल लगिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us