
काठमाण्डु,१५ माघ–कांग्रेस नेता डा. शेखर कोइरालाले संविधानले ग्यारेन्टी गरेको सूचनाको हकलाई कमजोर पार्नेगरी सरकारले गरेको नीतिगत निर्णयप्रति खेद् प्रकट गरेका छन् ।
आज (आइतबार) सामाजिक सञ्जालमार्फत् नेता कोइरालाले सरकारले सूचनाको हकसम्बन्धी कानुनलाई कमजोर पार्ने र ८७ वटा नीतिगत विषय गोप्य रहने गरी निर्णय गरेकोमा खेद् व्यक्त गरेका छन ।
उनले त्यस्तो निर्णय तत्काल फिर्ता लिनसमेत माग गरेका छन् । उनले भने ‘संविधानले ग्यारेन्टी गरेको ‘सूचनाको हक’ लोकतन्त्र, नागरिक सशक्तीकरण र सुशासनलाई सबल बनाउने महत्त्वपूर्ण हक हो ।
सरकारले यो हक र यस सम्बन्धी कानुनलाई कमजोर पार्ने र ८७ वटा नीतिगत विषय गोप्य रहने गरी निर्णय गरेकोमा खेद् प्रकट गर्दछु,’ ।