
काठमाण्डु,१४ माघ- संस्कृति, पर्यटन, नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूलाई बधाई दिन आउनेले ल्याउने खादा, मालाको सट्टामा राखेको दान पेटिकामा संकलन भएको रकम दुर्गमको विद्यालयको शैक्षिक विकासमा लगानी गर्ने बताएका छन्।
मन्त्री किरातीले दान पेटिकामा संकलन भएको रकम का साथै आफ्नो एक महिनाको तलब र सचिवालयको १५ दिनको सुविधान समेत थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्ने घोषणा गरेका हुन्।मन्त्री किरातीले आफुले पदभार ग्रहण गरेकै दिनदेखि खादा, माला र बुकेको प्रयोग नगर्ने र त्यसको सट्टा सहयोग रकम सङ्कलन गरी दुर्गम क्षेत्रको शिक्षालाई सहयोग गर्ने घोषणा गरेका थीय ।
दान पेटिकामा बिदाबाहेक सात दिनमा संकलित रकम, आफ्नो एक महिना र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर ६ लाख ४३४ रकम जम्मा भएको मन्त्री किरातीले बतायका छन। उनले चाँडै विद्यालय छनोट गरी रकम हस्तान्तरण हुने बतायका छन