राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

काठमाण्डु टुडे २०७९ माघ १३ गते १७:४४ मा प्रकाशित

काठमाण्डु ,१३ माघ- नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ ।

शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा राष्ट्रपति निर्वाचनमा दलहरूसँग राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय भएको हो। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले आफू एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल कारण चुनावमा उसको समेत विश्वास लिएर कसरी अघि बढ्न सकिन्छ भनी प्रश्न सोधेका थिए ।

धेरैजसो सहभागीले कांग्रेसलाई समेत विश्वासमा लिएर सहमति जुटाइ अघि बढ्न प्रचण्डलाई सुझाव दिएका थिए । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले राष्ट्रिय सहमतिअनुसार नै राष्ट्रपति चयन गर्न पहल गर्ने कुराकानी भएको बताय । उनले फागुन २५ देखि २८ गतेभित्र राष्ट्रपति चयनका लागि निर्वाचन हुने बताए।

राष्ट्रिय सहमति गर्दा नेकपा एमालेलाई धोका दिएको अर्थ नलाग्नेसमेत उनले दाबी गरेका थिए।’यसअघि एमाले अध्यक्ष केपी ओली र प्रचण्डबीच भएको सहमतिमा राष्ट्रपति र सभामुख एमालेले पाउने समझदारी भएको सूचना बाहिरिएको थियो । पर्टीको स्थायी समिति बैठक माघ १६ गते बिहान ११ बजे पुनस् बस्ने बतायको छ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us