इरानले स्वदेश फर्कायो तीन हजार अफगानी शरणार्थी

काठमाण्डु टुडे २०७९ माघ १३ गते १६:३६ मा प्रकाशित

एजेन्सी- इरानबाट इस्लाम काला र पुले अब्रिशुम सीमाहरू हुँदै हाल तीन हजार भन्दा बढी अफगान शरणार्थीहरूलाई देश निकाला गरिएको छ।

हालै तीन हजार एक सय २३ अफगान आप्रवासीहरूलाई इरानबाट निष्कासित गरिएको थियो । तालिबान नेतृत्वमा अफगानिस्तानको शरणार्थीहरुलाई स्वदेश फिर्ता गरिरहेको शरणार्थी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जनवरी २४ र २५ मा क्रमशः ३ हजार एक सय २३ अफगानी आप्रवासीलाई इरानबाट निकालिएको घोषणा गरेको छ । इरानमा हाल ४० लाखभन्दा बढी अफगानीहरू बसोबास गरिरहेका देशको विदेश मन्त्रालयले जनाएको छ । अफगान शरणार्थीहरूको बलपूर्वक निर्वासन र हिरासत राख्ने क्रम जारी रहेको जनाइएको छ ।

इरानमा पछिल्लो समय अफगान नागरिकलाई हिरासतमा राखेर जबरजस्ती अफगानिस्तान पठाइएको छ । इरानी अधिकारीहरूलाई अफगान शरणार्थीहरूसँग शिष्ट व्यवहार गर्न आग्रह गरिएको छ ।

इरानबाट फर्केका शरणार्थीहरु हेरात र निमरुज प्रान्तहरू हुँदै अफगानिस्तान प्रवेश गरेका तालिबान अधिकारीहरूले जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us