कर्मचारीको सरुवा बढुवाका लागि बिचौलिया आए कारबाही गर्छु : मन्त्री मोदी

काठमाण्डु टुडे २०७९ माघ १३ गते १५:४८ मा प्रकाशित

काठमाण्डु ,१३ माघ -संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारी सरुवा बढुवाको फाइल बोकेर बिचौलिया आए कारबाही गर्ने बताएका छन् ।

आज प्रेस सेन्टर मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बतायका हुन । सुशासन कायम गर्न मन्त्रालयदेखि नै सुरु गरेको बताउँदै बिचौलियालाई कारबाही गर्ने बताए ।

’उनले कर्मचारीलाई एउटै क्षेत्रमा मात्रै बस्न पनि नदिइने बताए । ‘सबै ठाउँमा कर्मचारी पुर्याबउने मेरो अभियान छ,’ उनले भने, ‘हाम्रै मन्त्रालयमै क्रोनिक रुपमा वर्षौं वर्ष बसेका छन् । यसलाई हामीले सुधार गर्छौं ।

कार्यक्रमा बोल्दै मोदीले कर्मचारी सरुवाका लागि ठूला नेताबाट नै दबाब आइरहेको गुनासो गरे ।‘१० वर्ष सांसद हुँदा मैले कर्मचारी मेरो पालिकामा सारिदेउ भनिनँ,’ उनले भने,‘ अहिले नाम त भन्दिन ठूला९ठूला नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा परेका स्थानीय तहमा यो कार्यकारीलाई पठाउनु पर्योत र हटाउन पर्योअ भन्दै आइरहेका छन् ।

विचौलिया बोकेर कर्मचारी सरुवा, बढुवाको फाइल ल्याउने गरेको छ । यदि कसैले त्यस्तो गरे कारबाहीको भागिदार बनाउने भनेको छु,’ उनले भने कर्मचारीको सरुवा बढुवा नीतिगत ढंगले सामधान गर्ने उनले बताय ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us