
काठमाण्डु ,१३ माघ -पछिल्लो समय लाइभ दोहोरी गायनमा सक्रिय गायक भीम पौडेलको निधन भएको छ ।
राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले गायक पौडेलको निधन भएको बतायका छन । पौडेल रक्तअल्पताको कारण दुई महिनादेखि बिरामी थिए । दुई महिनादेखि बिरामी भएर उपचार गराइरहेका उनको शरीरमा रगतको कमी भएको जनाइएको छ ।
उनको स्याङ्जास्थित घरमै निधन भएको हो । पौडेलको पार्थिव शरीरलाई शुक्रबार नै पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने बतायको छ। उनलाई श्रद्धाञ्जली दिन कााठमाण्डु बाट केही कलाकार पोखरा जाँदैछन् ।