
एजेन्सी– इजरायली सुरक्षा गार्डलाई छुरा प्रहार गर्ने प्रयास गर्दा शनिबार इजरायली सेनाले एक प्यालेस्टाइनीको हत्या गरेको प्यालेस्टिनी र इजरायली स्रोतहरूले जानकारी दिएका छन ।
शहरको उत्तरपश्चिममा ४२ वर्षीय तारिक माली मारिएका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ । उनको शवलाई इजरायली सुरक्षाले नियन्त्रणमा राखेको बताइएको छ ।
विज्ञप्तिमा घटनाबारे थप विवरण दिइएको छैन । चक्कु बोकेका एक प्यालेस्टिनीले इजरायली सुरक्षा गार्डलाई छुरा प्रहार गर्ने प्रयास गरेका र यसैबीच, यस क्षेत्रमा इजरायली सैनिकहरुले प्यालेस्टिनी व्यक्तिलाई गोली हानेको इजरायली सञ्चार माध्यमले बताएका छन । जनवरीको सुरुदेखि नै इजरायली र प्यालेस्टिनीबीच तनाव बढ्दै गएको छ ।