आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन

काठमाण्डु टुडे २०७९ माघ १ गते १६:२१ मा प्रकाशित

काठमाण्डु,१ माघ– सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको हो । यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्ने भएको छ ।

बैठकपछि उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले भने, ‘यो व्यवस्थाले हवाई दुर्घटना हुन नदिन भूमिका खेल्ने हाम्रो विश्वास छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us