नागरिक उड्डयन प्राधिकरणले भन्यो: पोखरामा भएको जहाज दुर्घटनामा अहिलेसम्म २९ जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ माघ १ गते १४:४३ मा प्रकाशित

काठमाण्डु,१ माघ– नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाण्डु बाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आइतबार बिहान पोखरामा भएको जहाज दुर्घटनामा अहिलेसम्म २९ जनाको मृत्यु भएको बताएको छ ।

विज्ञप्ति जारी गर्दै १० महिला, १८ पुरुष र १ जना शिशुको मृत्यु भएको पुष्टि गरेको हो । जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । उद्धार जारी रहेको प्राधिकरणले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us