
एजेन्सी–पछिल्लो समयमा राष्ट्रपति डिना बोल्वार्टेविरुद्धको प्रदर्शन चर्किएपछि पेरु सरकारले राजधानी लिमा र अन्य तीन क्षेत्रहरूमा संकटकाल घोषणा गरेको छ ।
प्रदर्शनमा कम्तीमा ४२ जनाको मृत्यु भइसकेको छ भने दर्जनौँ घाइते भएको बताइएको छ । ३० दिनको लागि लागू गरिएको संकटकालमा सेनालाई आदेश कायम राख्न हस्तक्षेप गर्न अधिकार दिएको छ ।
घोषणासँगै धेरै आन्दोलन र भेला जस्ता संवैधानिक अधिकारहरूमा प्रतिबन्ध लगाइएको छ ।