प्रदेश १ सरकार विस्तार, ३ मन्त्री थपिए

काठमाण्डु टुडे २०७९ पुष २९ गते ११:४० मा प्रकाशित

काठमाण्डु ,२९ पुस– प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले नेकपा माओवादी केन्द्रका २ र नेकपा एमालेका १ मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् ।

उनले आज विश्वासको मत लिनुअघि माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरेका छन ।

४ मंसिरमा भएको निर्वाचनमा आचार्य मोरङबाट, चापागाईं तेह्रथुमबाट र राजभण्डारी सोलुखुम्बुबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

उनीहरुको मन्त्रालय तोकिएको छैन ।यसअघि मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए । मुख्यमन्त्री कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिने तयारीमा छन् ।

विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । आइतबार ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले कम्तिमा ४७ सांसद मत प्रप्त गर्नु पर्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us