दाङमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ पुष २८ गते १२:५० मा प्रकाशित

काठमाण्डु २८ पुस दाङमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी थप दुई जना घाइते भयका छन। उनीहरुको अवस्था गम्भीर छ। दुर्घटनामा घोराही उपमहानगरपालिका वडा नं. १० जलौराका १८ वर्षीय सरोज चौधरीको मृत्यु भएको हो।

मध्यराति साढे १२ बजेतिर घोराही–११ अवलडाँडाबाट नारायणपुरतर्फ आउँदै गरेको रा ४ प ६०५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकदेखि झन्डै १५ मिटर तल खेतमा पुगेको थियो।

उक्त दुर्घटनामा परी गम्भीर घाइते भयका चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बतायको छ। सोही दुर्घटनामा परेका मोटरसाइकल चालक १९ वर्षीय मंगल चौधरी र २३ वर्षीय ऋषिराज चौधरीको अवस्था गम्भीर छ। उनीहरुलाई थप उपचारका लागि भैरहवा रिफर गरिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us