०५१ मा मनमोहन अधिकारीले पाएको विश्वासको मतसँग अहिलेको परिस्थितिलाई तुलना गर्न हुँदैन: मिनेन्द्र रिजाल

काठमाण्डु टुडे २०७९ पुष २७ गते १६:१५ मा प्रकाशित

काठमाण्डु,२७ पुस– कांग्रेसका नेता मिनेन्द्र रिजालले ०५१ को मनमोहन अधिकारीले पाएको विश्वासको मतसँग अहिलेको परिस्थितिलाई तुलना गर्न नहुने बताएका छन ।

उनले त्यसबेला मनमोहनको सरकार अल्पमतको भएकाले कांग्रेसले विश्वासको मत दिए पनि अहिले त्यस्तो अवस्था नरहेको बताएका छन ।

रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ ०५१ सालमा संसदको सबैभन्दा ठूलो दलको नेताको रुपमा मनमोहन अधिकारीको अल्पमतको सरकार थियो’, ‘अहिले दलहरुको स्पष्ट बहुमतको प्रचण्ड सरकार रहेको हो ।’

अझ अहिले कांग्रेसले नै वैकल्पिक सरकारको नेतृत्व गर्ने बाटो समेत खुला रहेको उनले बताएका छन । ‘अहिले सबैभन्दा ठूलो दलको नेताले बहुमत नपाए पनि बैकल्पिक सरकार बनाउने बाटो छ, त्यो बेला थिएन’, रिजालले लेखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us