
काठमाण्डु,२६ पुस– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बलियो प्रतिपक्ष नहुँदा सरकार निरंकुश बन्ने खतरा बढेको बताएका छन् ।
उनले आज (मंगलबार) विश्वासको मतमाथिको प्रस्तावमा छलफलमा सहभागी हुँदै सबै दल सरकारमा जाने र समर्थन गर्ने लहर चलेको भन्दै पूर्व प्रधानमन्त्रीहरूले संसद् विघटन गर्न पाउनुपर्छ भन्ने आवाज सुनेपछि आफूलाई अप्ठेरोमा परेको बताएका छन ।
उनले भने,‘ अझ आश्चर्यको कुरा के भने, संसदीय व्यवस्थामा प्रतिपक्ष हुन्छ, मैले जानेको संसदीय व्यवस्था त त्यो हो । नेपालमा विचित्र के भयो भने भएभरका सबै सरकारमा सामेल हुने र समर्थन गर्ने । सत्ता पक्षमा बस्नेलाई यहाँभन्दा हाइसन्चो के होला ?’, ।
उनले यो कुन किसिमको समर्थन हो बुझ्न नसकेको बताउँद प्रमुख प्रतिपक्ष सामेल नहुँदा सत्तापक्षको स्वर सानै भएपनि उसको समेत समर्थन हुने भएपछि स्वरहरू बदलिएको बताएका छन ।
हुँदाहुँदै ५१ र ५८ मा गरेको संसद् विघटन, संविधानमा नभएको व्यवस्थाअनुसार संसद् विघटन गर्न पाउनुपर्छ यो प्रजातान्त्रिक अधिकार हो भन्ने आवाज सुन्दा म धेरै अप्ठेरोमा परेको छु’, केसीले भने, ‘बलियो प्रतिपक्ष भएन भने त्यो सरकार निरंकुश हुन्छ । जे मन लाग्यो त्यही गर्छ ।’