जथाभावी प्रतिनिधिसभा विघटन गर्न पाइँदैन: माधव नेपाल

काठमाण्डु टुडे २०७९ पुष २६ गते १५:५१ मा प्रकाशित

काठमाण्डु,२६ पुस– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्न पाइन्छ भन्ने मान्यता सत्ता गठबन्धनकै हो भनेर प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका छन ।

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै एकीकृत समाजवादीका अध्यक्ष नेपालले कसैको लहडको भरमा प्रतिनिधिसभा विघटन गर्न नपाइने बताएका छन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम नलिई उनले संसद विघटन गर्न पाइन्छ भनेको सुनेको भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘यो मान्यता यो गठबन्धनको हो रु यदि यो हो भने खतरनाक संकेत दिन्छ ।’

ओलीले बेलायत, भारत, जापानका पनि संसद विघटन हुने गरेको र ०५९ सालमा शेरबहादुर देउवाले पनि संसद विघटन गरेको बताएका थिए । त्यसमा अध्यक्ष नेपालले प्रश्न गरे, ‘के यो ब्रिनेट हो ? के यो भारत हो ? के यो पुरानो नेपाल हो ? के यो २०५१ सालको सरकार हो ? के यो ०५८ सालको शेरबहादुर देउवाको समयको सरकार हो ? होइन ।’

उनले ०७२ को संविधान बनाउने क्रममा विगतको अनुभवका आधारमा शासकीय प्रणालीमा धेरै सुधार गरेको र विगतका त्रुटिहरु नदोहोर्‍याउने प्रतिवद्धता गरेको भन्दै उनले भने, ‘प्रधानमन्त्रीले जथाभावी प्रतिनिधिसभा विघटन गर्न पाउँदैन, ख्याल होस् । त्यो काम गरेर प्रतिगमनको कदम चालिएको हो, त्यो फेरि नहोस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us