
काठमाण्डु,२६ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीमा विदा दिएकामा सरकारलाई धन्यवाद दिएका छन् ।
आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा समर्थन गर्दै अध्यक्ष लिङ्देनले सरकारलाई धन्यवाद दिएका हुन् ।
उनले भने, ‘राष्ट्र निर्मातालाई सम्मान गरेर जाँदाखेरि कसैले पनि हिनताबोध गर्नुपर्दैन, पृथ्वीनारायण शाह थिए र नेपाल भन्ने राष्ट्र छ । नेपाल राष्ट्र छ र पुष्पकमल दाहाल प्रचण्ड नेपालको प्रधानमन्त्री हुनुहुन्छ’ ।
लिङ्देनले पृथ्वीनारायण शाहले नेपालको नाम र पहिचान दिने काम गरेकाले उयनलाई सम्मान गर्न हिनताबोध गर्नु नपर्ने धारणा राखे ।
उनले पृथ्वी जयन्तीको अवसरमा २७ पुसमा राप्रपाले काठमाण्डुको भृकुटीमण्डपमा चियापान कार्यक्रम राखेको बताएका छन ।