कांग्रेस सरकारमा सहभागी हुँदैन: देउवा

काठमाण्डु टुडे २०७९ पुष २६ गते १४:२५ मा प्रकाशित

काठमाण्डु,२६ पुस– कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने बताएका छन ।

उनले मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस प्रतिपक्षमा बस्ने बताएका हुन । देउवाले भने, ‘नेपाली कांग्रेस प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने छैन । हामी प्रतिपक्षी भूमिकामा बस्ने छौं ।’

यद्यपि उनले सरकारलाई विश्वासको मत भने दिने बताएका छन । विश्वासको मतमाथि छलफलमा भाग लिँदै देउवाले राष्ट्रिय महत्त्वका विषयमा राजनीतिक दलबीच संवाद,सहमति र सहकार्य हुनुपर्नेमा आफू विश्वस्त रहेको बताएका छन ।

देउवाले गुण र दोषका आधारमा सरकारको मूल्याङ्कन गर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us