
काठमाण्डु,२६ पुस– ४ मंसिरमा भएको चुनावअघि एमाले नेता घनश्याम भुसाल माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न तयारी गरेका छन ।
भुसालले एकीकृत समाजवादीमा प्रवेश गर्न विभिन्न प्रस्ताव अघि सारेका छन् । आफूले राखेका प्रस्तावमा सकारात्मक जवाफ आए उनी छिटै एकीकृत समाजवादीमा औपचारिक रूपमा प्रवेश गर्ने भुसाल निकट स्रोतले बताएको छ ।
‘भुसालको प्रस्तावलाई समाजवादीले संस्थागत रूपमा स्वीकार गरेमा एकतामा जानुको विकल्प छैन तर ओली शैली नै कायम राख्ने हो भने सोचिएजस्तो नहुन सक्छ’, भुसालले आफूनिकटस्थहरुलाई भन्ने गरेका छन् ।
एकीकृत समाजवादीका तर्फबाट वाम एकताका लागि गठित वार्ता समितिका सदस्य समेत रहेका नेता प्रकाश ज्वालाले विभिन्न पार्टी, व्यक्ति र समूहसँग एकताको प्रयास भइरहेको भन्दै भुसालसँग पनि छलफल जारी रहेको बताएका छन ।
माधव नेपाल निकट स्रोतका अनुसार भुसाल पार्टीमा आए सचिवालय सदस्य बनाउने तयारी छ । तर, आफूले राखेका प्रस्तावको जवाफको प्रतीक्षामा भुसाल रहेका छन् ।
४ मङ्सिर भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही–१ स्वतन्त्र उम्मेदवारी दिएका भुसाल एमाले उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।
नेता भुसाले एकीकृत समाजवादीको वाम एकता वार्ता समितिसमक्ष ‘ कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण र एकीकरणका लागि प्रस्ताव’ शीर्षकमा विभिन्न ५ वटा प्रस्ताव अघि सारेका छन् ।
‘कम्युनिस्ट आन्दोलनका उपरोक्त ऐतिहासिक अवसरलाई उपयोग गर्ने र कार्यभारलाई पूरा गर्ने संस्थागत सङ्कल्पका साथ नेकपा एकीकृत समाजवादीले अपिल गर्दा देशभित्र र बाहिर रहेका सबै कम्युनिस्ट, समाजवादी, वामपन्थी तथा प्रगतिशीलहरूमा एउटा नयाँ आशा जगाउन सक्छ’, भुसालको विश्वास रहेको छ ।
उनले भने, व्यक्तिका गुटका स्वार्थका लागि त्यत्रो पार्टी बनाएर ढल्दै गर्दा हस्तक्षेप गर्न नसक्ने संरचना जतिसुकै ठुलो बनाए पनि त्यसले मुलुकलाई केहि दिँदो रहेनछ भन्ने तथ्य हामी सबैले बेहोरेर आएका छौँ’, ।