
काठमाण्डु,२६ पुस– कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गरेका छन् ।
आज (मंगलबार) बिहान आफ्नै निवास धुम्बाराहीमा बसेको बैठकमा देउवाले यस्तो प्रस्ताव गरेका हुन । तर कांग्रेसका पदाधिकारीबीच एक मत हुन सकेको छैन ।
विश्वासको मत दिन नहुने मत राखेका नेताहरुले यसबारे केन्द्रीय समितिले निर्णय गर्नु पर्ने माग गरेका थिए । तत्कालै केन्द्रीय समिति बैठक बस्न असंभव भएकाले कार्य सम्पादन समितिको बैठक बोलाइएको हो ।
कांग्रेसको कार्यसम्पादन समितिलाई केन्द्रीय समितिले लिने निर्णय गर्ने अधिकार रहेको छ ।