बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले लिए शपथ

काठमाण्डु टुडे २०७९ पुष २६ गते १०:४५ मा प्रकाशित

काठमाण्डु,२६ पुस– बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज बिहान शपथ लिएका छन् । जमकट्टेललाई बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा बिहान ९ः५० बजे शपथ खुवाएका हुन् ।

मुख्यमन्त्रीले शपथ लिए लगत्तै नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपा संसदीय दलका नेता उद्धव थापाले विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका छन् ।

मन्त्रालय बाँडफाँटको विषयमा सत्ता साझेदार दलहरूका विचमा छलफल गरेर टुंग्याइने मुख्यमन्त्री जमकट्टेल बताएका छन ।

 माओवादी केन्द्र संसदीय दलका नेता जमकट्टेल नेकपा माओवादी केन्द्रको २१ सांसद, एमालेका २७ सांसद, राप्रपाका १३ सांसद, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरी जम्मा ७० जना सांसदको समर्थन पाएर सोमबार दिउँसो मुख्यमन्त्री नियुक्त भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us