
काठमाण्डु,२५ पुस– एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार स्थिर र स्थायी सरकार भएको बताएका छन् । आज सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
ओलीले सरकारको स्थायीत्वका विषयमा चलेका हल्लाको पछि नलाग्न पनि आग्रह गरेका छन । उनले भने,‘यो सरकार स्टेबल र इफेक्टिब सरकारको रुपमा रहन्छ ।
राष्ट्रसेवक साथीहरु यो सरकार स्टेबल र परमानेन्ट सरकार हो भन्ने कुरा मनमा राखेर काम गर्नुहुन्छ भन्ने मैले विश्वास लिएको छु’ ।
ओलीले कुनै हल्लाको पछाडि लाग्नु नपर्ने भन्दै यो सरकार निकम्मा, निष्क्रिय, शिथिल र यथास्थितिमा रहने नभई स्थायी र प्रभावकारी भएको बताएका छन ।
आलीले सरकारलाई नेकपा एमालेको सम्पूर्ण हिसाबले साथ र सहयोग रहेको पनि बताएका छन । ‘खाली टेम्पररी एरेन्जमेन्ट होइन, परमानेन्ट सेटलमेन्ट हो’ उनले भने ।
प्रधानमन्त्रीलाई प्रतिनिधिसभाको करिब १८० सांसदको समर्थन रहेको पनि ओलीले बताए । आलीले कसैले सरकार ढाल्छ कि भनेर सोच्न आवश्यक नरहेको पनि बताएका छन ।