प्रदेश १ का मुख्यमन्त्री कार्कीले लिए शपथ

काठमाण्डु टुडे २०७९ पुष २५ गते १६:३९ मा प्रकाशित

काठमाण्डु,२५ पुस– प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

कार्कीले ३ जनालाई मन्त्री पनि नियुक्त गरेका छन । नेकपा एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बु मन्त्री नियुक्त भएका छन् ।

विना विभागीय मन्त्री बनेका उनीहरुले पनि मुख्यमन्त्री कार्कीसँगै शपथ लिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us