
काठमाण्डु,२५ पुस– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबै मिलेर संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बेल्दै उनले यस्तो बताएका हुन । उनले जनतालाई अनुभूत हुनेगरि संघीयता कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउँदै समाजवादका मूल मर्ममा रहेको सरकारले काम गर्नुपर्ने बताएका छन ।
नेपालले राजनीतिक अग्रजले देश र जनतालाई सार्वभौम र स्वतन्त्र बनाउन योगदान गरेको उल्लेख गर्दै वर्तमान राजनीतिक नेतृत्वसँग पनि जनताले धेरै अपेक्षा गरेका बताएका छन ।
नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिँदै उनले भने, ‘जनअपेक्षाअनुसार नमूना काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता बोली व्यवहारमा एकता कायम आग्रह गरेका छन ।’
उनले मुलुकमा भ्रष्टाचार, ढिलासुस्ती, दण्डहीनता, कर्तव्यमुखी प्रवृत्ति मौलाएको बताउँदै उनले ती समस्या समाधानका लागि सबै एकजुट भएर जनतालाई सुशासनको प्रत्याभूत हुनेगरि काम गर्नुपर्ने बताएका छन ।
उनले मुलुकमा बढेको कालोबजारी, महँगी र बेरोजगारीलाई अन्त्य गर्नेगरी काम गर्न सरकारलाई आग्रह गर्दै संकटग्रस्त अर्थतन्त्र उकास्ने गरी काम गर्न सुझाव दिएका छन ।