गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

काठमाण्डु टुडे २०७९ पुष २५ गते १५:३६ मा प्रकाशित

काठमाण्डु,२५ पुस– गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेत खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका छन ।

६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद  दीपक मनाङेको समर्थनमा खगराजले मुख्यमन्त्री दाबी गरेका थिए । उनले कास्की १ को (१) बाट चुनाव जितेका हुन् ।

एमालेले पूरै कार्यकालका लागि मुख्यमन्त्री पाएपछि मुख्यमन्त्री दाबी गर्दै आएका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले असन्तुष्टी जनाएका थिए ।

गण्डकीमा माओवादीले सभामुख प्राप्त गरेको छ । मुख्यमन्त्री बन्ने योजनासहित प्रदेश झरेका उनले संघमा स्वास्थ्य मन्त्री र गृहमन्त्रीसमेत भइसकेका नेता हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us