संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति लामिछानेले सम्बोधन गर्ने

काठमाण्डु टुडे २०७९ पुष २५ गते १२:४९ मा प्रकाशित

काठमाण्डु,२५ पुस– प्रतिनिधिसभाको आज सोमबार बस्ने बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सभापति एवं संसदीय दलका नेता लामिछानेलाई सम्बोधन गर्ने जिम्मेवारी दिएको हो ।

दलको बैठकमा सांसदहरुले उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई सल्लाह समेत दिएका थिए । बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा सदन चलाउन बनाइने अध्यक्ष मण्डलमा डा चन्दा कार्कीको नाम सिफारिस गरिएको सांसद सन्तोष परियारले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us