मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार

काठमाण्डु टुडे २०७९ पुष २५ गते १२:४१ मा प्रकाशित

काठमाण्डु,२५ पुस– मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार गरिएको छ । उद्धार भएकामध्ये ६ जना भोलि स्वदेश फर्किने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा परेको गुनासो प्राप्त भएपछि सोमबार बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्धक बनाइएका र अन्य समस्यामा परेका नेपालीहरुको अवस्था बुझेर तत्काल रिहाई तथा उद्दारको पहल गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए ।

सोही निर्देशनका आधारमा सरकारले परराष्ट्र मन्त्रालयमार्फत मलेसियास्थित नेपाली राजदूतावाससँग सम्पर्क गरेको थियो ।

बन्धक बनाइएका नेपालीहरुको अवस्था बुझेर तत्काल उद्दारका लागि पहलपछि मलेसियाको पीआएस फरेस्ट म्यानेज्मेन्ट कम्पनीमा कार्यरत १३ जना नेपाली नागरिक स्वदेश फर्किने भएका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us