प्रचण्ड लाई विश्वासको मत दिन कुनै समस्या छैन: उपेन्द्र यादव

काठमाण्डु टुडे २०७९ पुष २४ गते १५:४७ मा प्रकाशित

काठमाण्डु,२४ पुस– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन कुनै समस्या नरहेको बताएका छन ।

प्रधानमन्त्री प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र यादवसहित तीन जनाको भेटका विषयमा बोल्दै यादवले आफ्नो पार्टीबाट विश्वासको मत दिने बताएका छन । उनले भने, ‘हामीले प्रधानमन्त्रीज्यूलाई विश्वासको मत दिन्छौं ।

त्यसमा कुनै समस्या छैन । हामीले मात्रै होइन अरु दलले समेत विश्वासको मत दिन्छन्’ रातोपाटीसँग कुरा गर्दै यादवले भने, ‘सबै दलले विश्वासको दिने भएकाले सजिलै प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us