
काठमाण्डु,२२ पुस– कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका शीर्ष नेता तथा पदाधिकारीहरूसँग आफ्नै निवासमा छलफल सुरु गरेका छन ।
धुम्बाराहीस्थित देउवा निवासमा सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङसहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरूसँग देउवाले छलपलल सुरु गरेका हुन ।
कांग्रेसको संसदीय दलको बैठक शनिबार बस्ने भएपछि देउवाले पार्टीका पदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन ।