
काठमाण्डु,२२ पुस– उपप्रधान एवंम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसद्मा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।
मन्त्रिपरिषद्ले गरेका निर्णय शुक्रबार सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन । पौडेलले सरकारले संसद्मा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन ।
उनले वर्तमान सरकार महत्त्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित भइरहेको बताएका छन । उनले सरकारले विश्वासको मत लिएर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल लाग्नुभएको जानकारी दिएका छन ।
उनले भने,‘वर्तमान सरकार केही महत्त्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित छौं। सरकारलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयारीमा हुनुहुन्छ ।
पुस २६ गते सरकारले संसदसमक्ष विश्वासको मत लिने कार्यक्रम रहेको छ’, , ‘विश्वासको मत लिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ। मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै मन्त्रिपरिषद् राष्ट्रिय अभिभारामा केन्द्रित भएर जनता र राष्ट्रका समस्यमा केन्द्रित भएर गतिशित रुपमा अगाडि बढ्नेछ।’