
काठमाण्डु ,१९ पुस -चम्पावती हाइड्रोपावर लिमिटेडले बनीरहेको चेपे ‘ए’ जलविद्युत परियोजनामा गलत हल्लाको भरमा आगजनी र तोडफोड भएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।
गोरखाको सिरान्चोक गाउँपालिका र लम्जुङको राइनास गाउँपालिकाको सिमानामा बनाइरहेको ७ मेगावाट चेपे ए जलविद्युत परियोजनामा गत मंसिर २४ गते आगजनी र तोडफोड भएको थियो । आयोजनाले आगजनी र तोडफोड मा संलग्नलाई कारबाही तथा क्षतिपूर्ति र सुरक्षाको प्रत्याभूतिको माग समेत गरेको छ ।
आगजनीबाट ३ करोड ४० लाख जतिको प्रत्यक्ष भौतिक क्षति भएको चम्पावती हाइड्रोपावर लिमिटेडको दाबी गरेको छ । स्वदेश तथा विदेशमा रहेका नेपाली इन्जिनियरहरु सहितको लगानीमा निर्माण भइरहेको यो परीयोजना तोडफोड र अप्रत्यक्ष रुपमा लागत बढ्न जाँदा र उत्पादनमा हुने ढिलाइका कारण आम्दानीमा पर्ने प्रभावले झण्डै थप ३० करोड क्षति हुने अनुमान गरीयो छ।
आज काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै चम्पावती हाइड्रोपावर लिमिटेडका बोर्ड डाइरेक्टर रामेश्वर लामिछानेले नहरको इन्टेकभन्दा २०० मिटर तल पानी खसाल्न लागिएको भन्ने गलत हल्लाको भरमा आयोजनाको विद्युत गृह निर्माणस्थल र साइट अफिसमा आक्रमण भएको बताए। उनले घटनामा स्थानीय जनप्रतिनिधि र स्थानीय दलका कार्यकर्ताको प्रत्यक्ष संलग्नता रहेको आरोप समेत लगाय।
आयोजनाले नहरको इन्टेकभन्दा २०० मिटर तल पानी खसाल्न लागिएको भन्दै स्थानीयले विरोध जनाउँदै आएका छन् । तरमा त्यसमा कुनै सत्यता नभएको लिमिटेडको भनाइ छ ।