
काठमाण्डु,१८ पुस– नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा सुरु भएको छ ।
बैठक सरकारमा सहभागी हुने वा नहुने पार्टीले लिने नीति तथा योजनाका विषयमा समेत छलफल गर्ने बताइएको छ ।
यसअघि स्थायी समिति बैठक २ दिन बसेर सकिएको थियो ।