
काठमाण्डु,१७ पुस– प्रहरीले कपिलवस्तुबाट लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ बाट २२ वर्षीय राजेश परियार रहेका छन ।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको टोलीले कृष्णनगर नगरपालिका–३ घर भएका राजेश परियारको साथबाट २ ग्राम ब्राउन सुगर बरामद गरेको छ । उनलाई प्रहरीले शनिवार बिहान पक्राउ गरेको हो ।