
काठमाण्डु,१७ पुस– नेकपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा जारी छ ।
शनिबारदेखि सुरु भएको स्थायी समिति बैठक आज सक्ने तयारी गरिएको हो । स्थायी समितिको बैठकले सरकारमा जाने वा नजाने विषयमा निर्णय गर्ने बताइएको छ ।
यस बैठकले आगामी पार्टीको योजना र कार्यक्रमका विषयमा समेत निर्णय गर्ने एक नेताले जानकारी दिएका छन । स्थायी समिति बैठक सकिए लगत्तै पोलिटब्यूरो बैठक र केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको एक नेताले बताएका छन ।