सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु टुडे २०७९ पुष १७ गते १३:०० मा प्रकाशित

काठमाण्डु ,१७ पुस- आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

साताको पहिलो कारोबार दिन आज सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।,

यस्तै आइतबार चाँदीको मूल्य पनि ५ रूपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत साताको कारोवारको अन्तीम दिन शुक्रबार तोलामा पाँच सय रुपैयाँ बढेको हो ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us