
एजेन्सी– दिल्लीको ग्रेटर कैलाश इलाकामा आइतबार एक वृद्धाश्रममा आगलागी हुँदा दुई जनाको मूत्यु भएको छ । ग्रेटर कैलाश–२ स्थित अन्तरा अस्पताल र वृद्धाश्रमको तेस्रो तलामा आगलागी भएलगत्तै पाँच दमकल घटनास्थलमा पुगेको दमकल विभागले जानकारी दिएको छ ।
यस घटनामा १३ जनाको उद्धार गरिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार दक्षिण दिल्लीका डीसीपी चन्दन शर्माले यो वृद्धाश्रमले नो अब्जेक्सन सर्टिफिकेट पाएको थियो वा थिएन, यसको अनुसन्धान भइरहेको छ । आगलागीको कारण भने खुल्न नसकेको जानकारी दिएका छन् ।