एकीकृत समाजवादीको स्थायी समितिको बैठक बस्दै

काठमाण्डु टुडे २०७९ पुष १७ गते ११:१६ मा प्रकाशित

काठमाण्डु,१७ पुस– नेकपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक आज (आइतबार) पनि बस्दै छ । यसअघि हिजो अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले बैठक आज पुनः बस्न लागेको हो ।

हिजो (शनिबार)को बैठकमा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल भएको थियो ।

बैठकको सुरुमा अध्यक्ष नेपालले पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिकाका बारे धारणा राखेका थियो ।

उनले पार्टीको शक्ति सुदृढीकरणका लागि सशक्त एजेण्डाका साथ देशव्यापी अभियान अगााडि बढाउन नेताहरुलाई निर्देशन दिएका छन ।

आजको बैठकले सरकारमा सहभागीता र पार्टी एकताको विषयमा ठोश निर्णय लिने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us