
दाङ, १७ पुस– लुम्बिनी प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनियताको सपथ लिँदै छन् ।
दाङको देउखुरीस्थित प्रदेशसभा भवनमा अपराह्न १ बजे सपथ कार्यक्रम राखिएको छ । प्रदेशसभा सचिवालयका सचिव दुर्लभ पुन मगरका अनुसार ज्येष्ठ सदस्य डिल्लीराज भुसालले सांसदहरूलाई शपथ खुवाउनेछन् ।
भुसाल गुल्मी निर्वाचन क्षेत्र नम्बर–२ (ख) बाट निर्वाचित भएका थिए । ५२ प्रत्यक्ष र ३५ समानुपातिक गरी लुम्बिनी प्रदेशसभामा ८७ सदस्य छन् ।
प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका ९, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, लोसपा र जसपाका तीन/तीन तथा राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक÷एक जना छन् ।