प्रधानमन्त्री प्रचण्डले आज पोखरा विमानस्थलको उदघाटन गर्ने

काठमाण्डु टुडे २०७९ पुष १७ गते ९:११ मा प्रकाशित

काठमाण्डु, १७ पुस– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवत सञ्चालनमा आउने भएको छ ।

अंग्रेजी नयाँ वर्ष २०२३ सुरू भएको अवसर पारेर विमानस्थल उदघाटन गर्न लागिएको हो । विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उघाटन गर्ने कार्यक्रम छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पहिलोपटक विमानस्थलमा अवतरण हुने जहाजका पाइलट क्रु मेम्बर र यात्रुलाई फूलमालाले स्वागत गर्ने कार्यक्रम राखिएको छ । अन्तर्राष्ट्रिय उडानका लागि प्रक्रिया बाँकी रहेकाले आज आन्तरिक उडान मात्र हुने प्राधिकरणले जनाएको छ ।

चिनियाँ एक्जिम बैंकको २२ अर्ब सहुलियत ऋण तथा अनुदान सहयोगमा विमानस्थल निर्माण भएको हो ।

विमानस्थल उद्घाटनअघि पोखराको अमरसिंहचौरबाट विभिन्न जातजातिको झाँकी, मौलिक भेषभूषासहितको र्यालीको आयोजना हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us