राष्ट्रपतिमा मेरो नाम जोडियो, तर त्यो समाचारमा सत्य होइन: नेपाल

काठमाण्डु टुडे २०७९ पुष १४ गते १७:३७ मा प्रकाशित

काठमाण्डु,१४ पुस– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति पदसँग जोडेर आएका पछिल्ला समाचारमा कुनै सत्यता नभएको बताएका छन ।

आज 9बिहीबार) पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको जुम बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । नेपालले कांग्रेससँगको गठबन्धन छोडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै एमालेले आफूलाई राष्ट्रपति बनाउन खोजेको भनेर चलेका हल्ला र आएका समाचारमा सत्यता नभएको बताएका छन ।

उनले आफू कम्युनिष्ट एकताको विपक्षमा नरहेको भन्दै त्यसका लागि दुवै पक्ष तयार हुन जरुरी रहेको बताएका छन । उनले भने ‘अहिले एमालेसँग जोडेर बजारमा माधव नेपाललाई राष्ट्रपति बनाउने हल्ला चलेका छन् ।

ति बजार हल्लामा कुनै सत्यता छैन’, यो सुनेर के हो ? कसो हो ? भनेर नेता कार्यकर्तामा जिज्ञासा पैदा भएको छ । तर बजार हल्लाको पछि लाग्नु हुँदैन ।’ उनले त्यसका लागि दुवै पक्ष तयार हुन जरुरी रहेको पनि बताएका छन ।

‘दुवै पक्ष तयार हुनुपर्छ । अव पुरानै कुरामा अलमलिन पनि ठिक हुँदैन’, उनले सरकारले विश्वासको मत लिएपछि सरकारमा जाने नजानेबारे पार्टीले निर्णय गर्ने पनि बताएका छन ।

एमालेसँगको विद्रोहदेखि आम निर्वाचनसम्मका राजनीतिक घटनाक्रमको विश्लेषण सुनाएका उनले पछिल्लो पटक फेरिएको राजनीतिक समीकरण र कंग्रेसको हातबाट वामपन्थीको हातमा सत्ता आउनु सकारात्मक भएको बताएका छन ।

यसबीचमा भएका घटनाक्रमका साथै अहिले मन्त्रिमण्डल विस्तार र शक्ति बाँडफाँटबारे भएका छलफलमा पार्टी सहभागी नभएको नेता नेपालले बताएका छन । उनले भने‘मन्त्रिमण्डल विस्तार र मन्त्रालय बाँडफाँटबारे हामीलाई कुनै जानकारी छैन’, ।

उनले यसबीचमा एमाले उपाध्यक्ष विष्णु पौडेलसँग आफ्नो भेट नभएको भन्दै अन्य एमाले नेता कार्यकर्तासँग भने भेटवार्ता र संवाद भइरहेको बताएका छन ।

उनले वाम एकताबारे पहिलेदेखि नै प्रयास भइरहेको र पछिल्लो समय स्वयं राष्ट्रपतिको पनि चिन्ता चासो रहेकाले आफू वाम एकताका लागि सकारात्मक रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us