
काठमाण्डु,१४ पुस– एमाले छाडेर स्वतन्त्र निर्वाचन लडेका प्रभु साहले नयाँ पार्टी गठन गरेका छन् । ४ मंसिरमा भएको निर्वाचनमा रौतहट–३ बाट प्रतिनिधिसभामा निर्वाचित साहले आफ्नो अध्यक्षतामा आम जनता पार्टी गठन गरेका हुन् ।
आज (बिहीबार) काठमाण्डुको कोटेश्वरको एक होटलमा भएको भेलाले प्रभु साहको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो । बैठकले प्रदेशका अध्यक्ष र इन्चार्ज पनि तोकेको छ ।