५६.८८ अंकले बढ्यो सेयर बजार

काठमाण्डु टुडे २०७९ पुष १४ गते १६:०७ मा प्रकाशित

काठमाण्डु ,१४ पुस -साताको कारोबारको अन्तिम दिन आज बिहिबार सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ ।

आज नेप्से ५६।८८ अंकले बढेर दुई हजार २९ दशमलब ३ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज कारोबार रकम पनि बढेको छ । आज दुई अर्ब ८६ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसंगै चार महिनापछि नेप्सेले दुई हजार अंकको बिन्दु पार गरेको छ । ११ भदौमा दुई हजार अंकको बिन्दुबाट तल झरेको नेप्सेले १४ पुसमा आएर पुनः २ हजार अंकभन्दा माथिको बिन्दुमा पुगेको हो।

आज कारोबार भएका कम्पनीमध्ये २०८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक १२ करोड १४ लाख ७२ करोडको कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको १० करोड ९२ लाख ४८ हजारको कारोबार भएको छ । त्यस्तै रिडी पावर कम्पनीको १० करोड १४ लाख २७ हजारको कारोबार भएको छ । बिहीबार नेप्सेमा कारोबार भएकामध्ये ७ कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।

हिमालयन उर्जा विकास कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स र सृजनशील लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै धौलागिरी लघुवित्त, अजोड इन्स्योरेन्सको सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि हुँदा प्रभु लाइफ इन्स्योरेन्स र श्वेतगंगा हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ ।

यता नेस्डो समृद्धि लघुवित्तको सेयरमूल्य १.०४ प्रतिशतले गिरावट हुँदा इस्टन हाइड्रोपावर कम्पनीको सेयरमूल्य ०.८२ प्रतिशतले गिरावट भएको छ । आज नेपाल बैंक डिभेञ्चर र एनएमबी फिफ्टीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us