
काठमाण्डु,१४ पुस– कांग्रेसका केन्द्रीय सदस्य एवंम् प्रतिनिधिसभा सांसद अजयकुमार चौरसियाले गठबन्धन भत्किएर सत्ता गुम्नुमा कांग्रेस सभापतिको देउवाको कुनै दोष नभएको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अस्थिर प्रवृत्तिका कारण गठबन्धन भत्किएको उनले बताएका छन ।
उनले भने, आफूलाई अप्ठ्यारो भएका बेला गठबन्धन बनाउन खोज्न ?,’ उनको प्रश्न छ, ‘परिस्थिति बदल्ने अवस्था आउँदा साथ गठबन्धन छाडेर धोका दिने प्रवृत्ति प्रचण्डजीमा देखियो ।’
चौरसियका अनुसार एमाले र माओवादीका दोस्रो तहका नेताबीच पहिले नै गठबन्धन टुटाउने सहमति भइसकेको थियो । पार्टी सभापतिलाई दोष देखिएर हुँदैन ।
पहिलो पार्टीका नेताले सरकारको नेतृत्व छाड्न हुँदैन भनेर धेरै साथीहरुले सल्लाह दिएका थिए,’ उनले भन, ‘पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नै आफ्नो नेतृत्वमा सरकार बनाउने संस्थागत निर्णय गरेको थियो ।’
हिजो प्रतिकूल परिस्थितिलाई अनुकूल बनाएको सभापति शेरबहादुर देवाले नै हो । सातै प्रदेशमा पार्टीलाई सत्तामा पुर्याउने काम पनि यही नेतृत्वबाट भएको हो ।
कांग्रेसलाई सबैभन्दा ठूलो पार्टीले बनाउन सफल हुन भएको छ,’ उनले भने,एउटा घटनाक्रमले नेतृत्वलाई खुइल्याउने कुरा राम्रो नभएको उनले बताएका छन ।
‘पार्टी सभापतिले किन राजीनामा दिने ? हिजो प्रतिकूल परिस्थिति बन्दा केसी ओलीले दिए ?,’ देउवाको राजीनामा माग्नेलाई उनले भने, ‘तिनै नेताले फेरि पार्टीले सत्तामा फर्काएनन् ? सानोतिनो घटनाक्रमले सभापति र संसदीय दलको नेता फेर्दै जाने ? भोलि हाम्रो अनुकूल परिस्थिति पनि त बन्न सक्छ नि ?’