
काठमाण्डु,६ पुस– दैलेखमा खसीको मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायण नगरपालिका– ६ भर्ती भन्ने ठाउँका ३८ वर्षीय वीरबहादुर सार्की रहेका छन् ।
प्रहरी अनुसार बुधबार बिहान घरमा खसीको मासु खाने क्रममा सार्कीको घाँटीमा मासु अड्किएको थियो ।उनको उपचारको क्रममा जिल्ला अस्पताल दैलेख दिउँसो १२ :४५ बजे उनको मृत्यु भएको थियो ।