
काठमाण्डु,५ पुस– कांग्रेसका युवा नेता प्रदीप पौडेल गगन थापाको पक्षमा खुलेका छन् । उनी नेपाली कांग्रेस संसदीय दलको नेताको चुनावमा थापाको समर्थक बनेका छन् ।
कृष्ण सिटौला निकट पौडेल कांग्रेसको १४ औँ महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए । प्रतिनिधि सभामा काठमाण्डु–५ बाट चुनाव जिते लगत्तै उनलाई गगन पक्षका नेताहरुले समर्थनमा खुल्न आग्रह गर्दै आएका थिए ।
तर उनी मौन रहँदै थिए । संसदीय दलको नेतामा उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन भने उनी शेखर कोइराला र गगन थापाको पक्षमा खुलेका हुन् ।