
काठमाण्डु,५ पुस– पुर्व प्रधानमन्त्री एवंम् एमाले अध्यक्ष केपी शर्मा ओलीले कसको नेतृत्वमा र कसको सरकार भन्ने अन्यौल रहेको बताएका छन् ।
आज पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई बधाई दिन काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । ओलीले गठबन्धनले मात्र सरकार गठन गर्न नसक्ने अवस्था रहेको बताए ।
हिजो चार वटा रहेको राष्ट्रिय पार्टीको संख्या अहिले ७ पुगेको भन्दै उनले भने, ‘परिणाम के भइरहेको छ भने सरकार गठनबारे बोल्नसक्ने अवस्था पनि कसैको छैन ।’ कस्तो सरकार बन्छ कसको नेतृत्वमा बन्छ रु कसैले भन्न सक्ने अवस्था छैन, उनले भने ।’
उनले अहिलेको गठबन्धन कुनै उद्देश्यमा होइन, स्वार्थ, लेनदेन र सेटिङमा रहेको भन्दै यस्ता हिसाबले सरकार गठन गर्ने कुरामा एमाले असहमत छ ।’