प्रचण्डलाई सत्ता गठबन्धनको विकल्प नखोज्न विश्वप्रकाशको आग्रह

काठमाण्डु टुडे २०७९ पुष ५ गते १३:३७ मा प्रकाशित

काठमााण्डु,५ पुस– कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सत्ता गठबन्धनको विकल्प नखोज्न आग्रह गरेका छन् ।

सत्ताको आकाङ्क्षामा अर्को गठबन्धनको खोजी गर्न नमिल्ने भन्दै उनले जनताको मर्मविरुद्ध जान नहुने बताएका छन । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले गठबन्धनले विभिन्न आलोचनाहरुलाई चिरेर एउटा परिणाम ल्याएको भन्दै सत्ताको आकांक्षा र आग्रह, पूर्वाग्रह भन्दा माथि उठेर जानुपर्ने बताए ।

उनले अहिले प्रचण्ड सरकारमा जानका लागि अर्को गठबन्धनमा जान लागेको कुरा सञ्चारमाध्यममा आए पनि नेपाली काँग्रेसले शंकाको रुपमा नहेरेको बताएका छन ।

उनले भने, ‘मैले आफ्नै पार्टीको सभापति, माओवादीको अध्यक्ष, एकीकृत समाजवादीको अध्यक्षलाई पनि अपिल गर्नुछ की चुनावमा जाँदा एउटा गठबन्धन बनाउने, चुनाव सकिएपछि सत्ताको आकंक्षाको जगमा अर्को गठबन्धनको खोजि गर्ने कर्म हामी कसैले गर्नु हुँदैन ।

विभिन्न आलोचनालाई चिरेर गठबन्धनले एउटा परिणाम ल्याएको छ, त्यसैले सत्ताको आकांक्षा र आग्रह, पूर्वाग्रह भन्दा माथि उठेर जानुपर्छ ।

अध्यक्ष प्रचण्डलाई भन्दै गर्दा अहिले चर्चामा आएजस्तो अलग्ग रुपमा उभिनु हुन्छ कि भन्ने चर्चालाई हामी कुनै शंकाको रुपमा लिँदैनौँ । प्रतिगमनको क्षणलाई बिर्सिनु हुँदैन । पूरा ५ वर्ष एउटै प्रधानमन्त्रीले चलाउनु हुन्न हामीलाई थाहा छ । आलोपालोको विकल्प छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us