एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन

काठमाण्डु टुडे २०७९ पुष ४ गते १४:२७ मा प्रकाशित

काठमाण्डु,४ पुस– नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् भने प्रमुख सचेतक प्रकाश ज्वालालाई चयन भएका छन ।

यस्तै संसदीय दलको उपनेतामा राजेन्द्र पाण्डे चयन भएका छन । सोमबार सकेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।

नेपाल रौटहट–१ बाट, पाण्डे धादिङ २ र ज्वाला सल्यानबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । एकीकृत समाजवादीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० सिट जितेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us